२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ललिता निवास प्रकरण: थप दुई जना पक्राउ

images

  • २०८० असार २४, आइतबार
  • 2.0K
    SHARES
  • ललिता निवास प्रकरण:  थप दुई जना पक्राउ

    काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेको ब्युरोका  एसएसपी दिनेश आचार्यले जानकारी  दिनु भयो।

    सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको देखिएकाले पक्राउ गरिएको आचार्यले बताउनु भयो। 

    पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो।

    ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। अहिले सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्।  

    बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ