काठमाडौं: संसद्को गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘आज तीन बजे बैठक बस्छ ।
प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो ।



