२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सामान्य अंकले घट्यो सेयर बजार,३ अर्ब माथिको कारोबार

images

सत्कार खबर
  • २०८० असार २१, बिहीबार
  • 1.6K
    SHARES
  • सामान्य अंकले घट्यो सेयर बजार,३ अर्ब माथिको कारोबार

     काठमाडौं: बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा पुगेको हो । 

    २८० कम्पनीको  ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भयो।

    ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ९.८५ र जोशी हाइड्रोपावर डेभलपमेन्टको ९.३३ प्रतिशतले मूल्य बढ्यो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ६ को सूचक बढ्दा ७ को ओरालो लाग्यो। डेभलपमेन्ट बैंक,होटल एन्ड टुरिजम, हाइड्रो पावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूह बाहेक बाँकी ६ उपसमूहको सूचक ओरालो लागेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ