२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य होइन : उपप्रधानमन्त्री श्रेष्ठ

images

  • २०८० असार २०, बुधबार
  • 1.3K
    SHARES
  • सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य होइन : उपप्रधानमन्त्री श्रेष्ठ


     काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको  बताउनु भएको छ । 

    आज पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  उहाँले  बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको  बताउदै  नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने  बताउनु भएको हो । 

    जननिर्वाचित सरकार र जनताको शासन प्रणालीका निम्ति सबैभन्दा बढी सङ्घर्ष गर्ने नेताले यहाँको सरकार बनाउनका निमित्त विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुन नसक्ने उहाँको भनाई छ । यस विषयमा प्रधानमन्त्रीज्यूले आफ्नो धारणा सार्वजनिक गर्नु हुने उहाँले बताउनु भयो । 

    फरक प्रसंगमा उहाँले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने  बताउनु भएको भएको छ ।  सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने  उहाँको भनाई छ । 


    भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने  उहाँले बताउनु भयो । उहाँले  भन्नु भयो, “स्वच्छ, स्वतन्त्र अनुसन्धानको आधारमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यो विन्दुसम्म सरकार पुग्छ ।” यस विषयमा अरु ढङ्गले सोच्नुपर्ने आवश्यकता नरहेको उहाँको भनाई छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ