२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: नेप्सेमा उच्च गिरावट

images

  • २०८० असार २०, बुधबार
  • 1.1K
    SHARES
  • सेयर बजार: नेप्सेमा उच्च गिरावट

    काठमाडौं : मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ। लगातार तीन दिन घटेको नेप्से मंगलबार भने १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा पुगेको थियो।

    बुधबार नेप्से ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। गत कारोबार दिन २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको सेयर कारोबार भएकोमा आज उक्त रकम बढेर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १२६ रुपैयाँ पुगेको छ। आज २७७ वटा धितोपत्रको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच भएको हो।

    बुधबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६१५ रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै, रावा इनर्जीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २७४ रुपैयाँ २० पैसा पुगेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा बिपिडब्ल्यू लघुवित्त र मोदी इनर्जी रहेको छ। दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः १ हजार २५९ रुपैयाँ ५० पैसा, २४३ रुपैयाँमा झरेको छ।

    बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५८७ रुपैयाँमा १६ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४५ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०८ रुपैयाँ ८० पैसामा १३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशतले घटेको छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ