२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

images

  • २०८० असार २०, बुधबार
  • 1.1K
    SHARES
  • इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

     काठमाडौं :सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा(छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका ८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।

    मंगलबार करिब पौने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।

    सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थितिलाई नियन्त्रण लिन सामान्य बल प्रयोग गरेको बताउनु भयो  । झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको उहाँले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ