काठमाडौं : सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मुल्य तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको जनाएको छ। मंगलबार छापावाला सुनको मुल्य १ लाख १० हजार ४ सय रुपैयाँ थियो। मंगलबार तेजावी सुनको भाउ १ लाख ९ हजार ८सय ५० रुपैयाँ थियो भने आज तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ८० किनबेच भइरहेको छ।



