२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप छनोट

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

images

  • २०८० असार १९, मंगलबार
  • 1.5K
    SHARES
  • नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

    काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ। आज भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो।
    हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयरल्यान्डले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २६८ रन बनाएको थियो। नेपालका लागि गुलसन झाले ४२ बलमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। ओपनर अर्जुन साउदले  ४८ रन, कुशल मल्लले ४४ रन, सन्दीपले ३२ रन, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन बनाएका थिए।

    बलिङमा आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २र२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १र१ विकेट लिएका थिए। 

    नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरेका थिए। 

    बलिङमा नेपालका लागि करण केसीले ४ विकेट लिए भने किशोर महतोले २ विकेट हात पारेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ