२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, चार जनाको मृत्यु

images

सत्कार खबर
  • २०८० असार १८, सोमबार
  • 951
    SHARES
  • भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, चार जनाको मृत्यु

    एजेन्सी :भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा आइतबार बिहान भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

    विष्णुपुरमा संदिग्ध चरमपन्थीको गोली लागेर मृत्यु भएका तीनै जना मेइती समुदायका रहेको बताइएको छ । यता आदिवासी संगठन आदिवासी जनजाति नेता फोरमले विज्ञप्ति जारी गर्दै कुकी समुदायका एक व्यक्तिको पनि हत्या भएको दाबी गरेको छ ।

    हिंसाको बारेमा जानकारी दिँदै विष्णुपुर जिल्लाका प्रहरी अधिकारी एच बलरामले जुलाई २ मा बिहान करिब १२ बजे हतियारधारी चरमपन्थीहरूले मेइती गाउँ खुजुमा ताबी नजिकै गाउँलेहरूले बनाएको बङ्करमा आक्रमण गर्दा तीनजना गाउँलेको मृत्यु भएको बताए । गत मे ३ गतेदेखि राज्यमा हिंसा सुरु भएपछि गाउँलेहरूले आफ्नो सुरक्षाका लागि पहाडमा बङ्कर बनाएको प्रहरीले जनाएको छ ।

    यसै क्रममा आइतबार बिहान करिब १२ बजेतिर लाङ्जा र चिङ्लाङ्मेईका कुकी आदिवासी गाउँहरूमा पनि आक्रमण भएको आदिवासी जनजाति नेता मञ्चले जनाएको छ ।

    राजधानी इम्फालबाट करिब ७० किलोमिटर टाढा यी दुर्गम गाउँहरूमा हमार र कोम जातिका मानिसहरू बसोबास गर्दै आएका छन्। आदिवासी संगठनले आफ्नो एक विज्ञप्तिमा डेभिड थेक नामका व्यक्तिको हत्या भएको जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ