काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ। बिहीवारदेखि पटकपटक खुल्दै बन्द हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ।
हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति २ बजेदेखि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरोसँगै खसेको ढुंगा लागेर सडक छेउमा एक ट्रक फसेको छ भने ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको छ।



