काठमाडौँ : ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप ३ जना पक्राउ गरेको छ। प्रहरीले का. मा. पा .वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ गरिएको हो।
यसअघि प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की रहेका छन्। उनीहरू अहिले प्रहरी हिरासतमा छन्। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो।



