२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नासु कुटेको विरोधमा कर्मचारीले रोके देशभरिका अदालतमा काम

images

  • २०८० असार १७, आइतबार
  • 736
    SHARES
  • नासु कुटेको विरोधमा  कर्मचारीले रोके   देशभरिका अदालतमा काम

     काठमाडौं :ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम ठप्प पारेका छन् ।

    कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो। आइतबार त्यस घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिनु भयो । कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो। 

    गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं–१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। अमिर लामिछाने कानुन व्‍यवसायी हुन्। मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ