काठमाडौं :कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाउनु भएको छ ।
नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उहाँले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताउनु भएको छ । उहाँले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको पनि बताउनु भयो ।



