काठमाडौं: कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ। आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो ।
तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताउनु भएको छ।
उहाँले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताउनुभयो। साथै उहाँले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाउनु भयो।
स्वयम् अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो।



