२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमाले र रास्वपाले गरे संसद् अवरुद्ध

images

  • २०८० असार १२, मंगलबार
  • 896
    SHARES
  • एमाले र रास्वपाले गरे संसद् अवरुद्ध

     काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेका छन् ।  सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरूद्ध गरेका हुन् ।

    सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभेसँगै दुवै दलले सदन अवरूद्ध गरेको बताइएको छ । 

    उनीहरूले तत्काल सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग राखेका छन् । रास्वपाका सांसदहरूले उठेर विरोध गरे पनि एमालेले भने उठेर विरोध जनाएको छैन। एमाले सांसद सूर्य थापाले निर्वाचन आयोगलाई गाभ्ने निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ