काठमाडौं:नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनु भएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै पौडेलले यस्तो बताउनु भएको हो। धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको उहाँको भनाई छ ।
‘जलहरिबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनले प्रष्ट औंल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्यो भन्दै प्रश्न गर्नु भएको छ । जलहरिबारे छानबिनका लागि संसदले समिति बनाउनुपर्ने उहाँको माग छ ।



