२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इनारमा डुबेको अवस्थामा दुई युवक मृत भेटिए

images

  • २०८० असार ११, सोमबार
  • 666
    SHARES
  • इनारमा डुबेको अवस्थामा दुई युवक मृत भेटिए

     काठमाडौं : काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। सोमबार बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी  दिनु भयो ।

     मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका  २२ वर्षीय जितेश गुरूङ रहेका छन्। एसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

    दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालले बताउनु भयो । पछि  उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ