२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

images

  • २०८० असार १०, आइतबार
  • 816
    SHARES
  • नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्छौं  : गृहमन्त्री श्रेष्ठ

     काठमाडौं: गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने  बताउनु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकार अनुसार सबै नेपालीलाई नागरिकता दिने बताउनु भयो । 

    संविधानअनुसार नागरिकताको हक प्राप्त नेपाली नागरिकहरूलाई यथाशीघ्र नागरिकताको प्रमाणपत्र दिने, नागरिकताको हक दिने ,नागरिकताको दुरुपयोग र अवमूल्यनलाई कडाइपूर्वक नियन्त्रण गर्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नु भयो ।

    उहाँले  शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको निर्बाध प्रयोग सहित स्वतन्त्र नागरिक जिन्दगी पाउने स्थितिको प्रत्याभूति गर्ने, भष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापना गर्ने, विपद् जोखिमको न्यूनीकरण तथा व्यवस्थापन गर्ने सरकारले नीति लिएको उहाँको भनाई छ  । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ