२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

चट्याङ लागेर ४५ भेडा मरे

images

  • २०८० असार ९, शनिबार
  • 1.4K
    SHARES
  • चट्याङ लागेर ४५ भेडा मरे

    काठमाडौं : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा आज विहान १ बजेतिर परेको चट्याङ लागेर ४५ भेडा मरेका छन्। 

    अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्। अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान परेको चट्याङ लागेर ४५ भेडा मरेकाे जानकारी दिनुभयो।

    “बिहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उहाँले भन्नुभयो “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।” 

    गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताउनु भयो।

    ११ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ