२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गल्छीमा बस दुर्घटना

images

  • २०८० असार ८, शुक्रबार
  • 1.4K
    SHARES
  • गल्छीमा बस दुर्घटना

    काठमाडौं : काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी–७ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। 

    काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएकी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका थिए। अन्य १९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहको मिश्रले जानकारी दिए।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएका छन्। बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ