२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर १५१ जनाद्वारा रक्तदान

images

  • २०८० पुस २४, मंगलबार
  • 871
    SHARES
  • नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर  १५१ जनाद्वारा रक्तदान

    काठमाडौँ : नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ। निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्व कर्मचारी तथा कर्मचारी परिवारका १५१ ले रक्तदान गर्नुभएको थियो।
     
    निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ। अघिल्लो वार्षिकोत्सवमा कूल १३१ जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ।
     
    त्यस अवसरमा १७६औँ पटक रक्तदान गर्नु भएका प्रेम सागर कर्माचार्यले वार्षिक रूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिनुभयो। निगमको रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
     
    नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। निगमले यही पुस २६ गते स्थापनाको ५४ औँ वार्षिकोत्सव मनाउँदै छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ