काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेड र स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. बीच होन्डा ब्राण्डका सवारी साधन खरिद गर्ने बैंकका ग्राहकलाई विशेष ब्याजदर तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित के.सी. र स्याकार ट्रेडिङ्गकी प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार स्याकार ट्रेडिङ्गबाट बिक्री हुने कुनै पनि होन्डा ब्राण्डका सवारी साधन खरिद गर्दा ग्राहकले विशेष कर्जा सुविधा पाउनेछन्। परिवर्तनीय ब्याजदर रोज्ने ग्राहकले औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा लिन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, स्थिर ब्याजदरमा कर्जा लिन चाहने ग्राहकका लागि ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
कर्जा लिने ग्राहकलाई थप राहतस्वरूप बैंकले प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिनेछ। साथै, कर्जा प्रक्रिया छिटो र सहज बनाउने व्यवस्था पनि गरिएको जनाइएको छ। यो सुविधाले होन्डाका सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्रक्रियामा सहजता र ब्याजदरमा राहत पुग्ने अपेक्षा गरिएको छ।