२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

images

  • २०८० असार ६, बुधबार
  • 1.1K
    SHARES
  • योगले राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रङ्गशालामा आज आयोजित योग अभ्यासमा सरिक हुँदै उहाँले यस्तो बताउनु भएको हो। योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत ऊर्जा प्रदान गर्ने उहाँको भनाई छ। 

    आर्ट अफ लिभिङको सहकार्यमा नवौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा योग अभ्यासको आयोजना गरिएको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ