काठमाडौं :सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री सवार गाडी दुर्घटनामा भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको धारछडा दुर्घटना भएको हो।
दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको बताइएको छ।



