२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

images

  • २०८० असार ५, मंगलबार
  • 1.4K
    SHARES
  • दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

    दार्चुला : दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज मङ्गलवार बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको छ।

    यसअघि पनि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। रासस

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ