२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा एकल अंकको गिरावट

images

  • २०८० असार ४, सोमबार
  • 1.2K
    SHARES
  • नेप्सेमा एकल अंकको गिरावट

      काठमाडौं: सोमबार सेयर बजार परिसूचक नेप्से २.९४ अंकको गिरावट हुँदा २०९१.३९ अंकमा बन्द भएको छ । पछिल्लो ९ कारोबार दिन निरन्तर बढेर करिब २१ सय विन्दु नजिक पुगेको बजार आज झिनो अंकले घटेको हो।


    आज झिनो अंकले घटेको बजारमा कारोबार भने बढेको छ। आज नेप्सेमा ४ अर्ब ७४ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ६८ करोडको कारोबार भएको थियो।

    आज कारोबारमा आएका २७६ कम्पनीमध्ये ८० कम्पनीको सेयरमूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ। एक कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।


    आज कारोबारमा आएका कम्पनीहरुमध्ये सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड र माउन्टेन इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

    आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड २ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी नेपाल टेलिकमको १ करोड १३ लाख र सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ