२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उत्पादनका आधारमा किसानलाई अनुदान दिन्छौं : अर्थमन्त्री महत

images

  • २०८० जेठ ३२, बिहीबार
  • 661
    SHARES
  • उत्पादनका आधारमा  किसानलाई अनुदान दिन्छौं : अर्थमन्त्री महत

    काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ।

    बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरुले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गर्नुभयो।

    उहाँले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानिय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताउनुभयो। उहाँले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताउनुभयो।

    उहाँले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताउनुभयो। अर्थमन्त्री महतले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताउनुभयो । उहाँले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरु पुग्ने भएकाले त्यहाँ कर लगाएको बताउनुभयो।

    अर्थमन्त्री महतले सरकारसँग स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताउनुभयो। उहाँले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मानिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताउनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ