काठमाडौं : सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा खानेपानीको मुहान सम्पन्न भएको छ। कात्तिके खानेपानी तथा सरसफाई उपभोत्ता समितिले ८६ घरधुरीलाई खानेपानी पुर्याउने उदेश्यले ल्याएको खानेपानी योजनाको काम बुद्धिराम ठटाल नेतृत्वको उपभोक्ता समुहले सम्पन्न गरेको हो।
अब घर– घरमा धारासंगै खानेपानी पनि पुग्ने गरी काम गरेको स्थानिय बुद्धिराम ठटाल बताउनु भयो। खानेपानीको योजना सञ्चालनको क्रममा पाइपलाईन विछ्याउन ८६ घर उपभोक्ता मध्ये ७० घरधुरी सदस्यहरु कुलो खन्नकालागि नियमित उपस्थित भएका थिए।

खानेपानी योजना सञ्चालनमा थुलुङ दुधकोशी गाउँपालिका ७ का वडा अध्यक्ष भोजराज कार्की, कर्मचारीहरु, समितिका सचिव परशुराम राम राई, रामकुमार राई र श्रमदानमा उपस्थित उपभोक्ताहरु सबैको सकरात्मक सहयोग रहेकोले विशेष धन्यवाद दिँदै समुदायको काममा यसैगरी लाग्न सबैलाइ बुद्धिराम ठटालले अनुरोध गर्नुभयो । त्यस्तै खानेपानी डिभिजन कार्यलयका प्राविधिक तेज वहादुर कार्कीले सोलु -ओखलढुंगाकै उत्कृष्ट काम भएको भन्दै खुशी व्यक्त गर्नु भयो

श्रमदानमा उत्साहापूर्वक देखिएको उपस्थितिले हरेक सकरात्मक विकासमा समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई पुष्टि गर्ने विश्वास लिइएको छ। यसले विस्तारै निजी स्वार्थलाई छोडेर समाज सामुदायिक स्वार्थतिर अघि बढ्न रुचाउन थालेको देखिन्छ। अहिले खानेपानी रिजर्भ निर्माणको काम पनि सुरु भएको छ।




