२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उतारचढाव बीच नेप्सेमा सामान्य वृद्धि

images

  • २०८० जेठ ३२, बिहीबार
  • 681
    SHARES
  • उतारचढाव बीच नेप्सेमा सामान्य वृद्धि

    काठमाडौं : साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ५ अंकले बृद्धि भएको छ । बिहिबार  नेप्से ०.२५ प्रतिशतले बढेर २०४२.०७ बिन्दुमा पुगेको छ। बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

    गत कारोबार दिन ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँ पुगेको छ। यस दिन २७० वटा धितोपत्रको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य १७८ रुपैयाँ ७० पैसा पुगेको छ।  यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७६० रुपैयाँ पुगेको छ। यसैगरी, सेयरमूल्य सर्वाधिक घट्ने कम्पनीमा भूगोल इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०० रुपैयाँ ३० पैसामा झरेको छ।यस्तै, मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ३.८८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३१७ रुपैयाँ २० पैसामा सीमित भएको छ।

    बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ५३८ रुपैयाँ ६० पैसामा १७ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.५९ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४०७ रुपैयाँमा १६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ। यसदिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशतले बढेको छ। यसैगरी, व्यापार समूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ