२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार : नेप्से दोहोरो अंकले वृद्धि

images

  • २०८० जेठ ३१, बुधबार
  • 711
    SHARES
  • सेयर बजार : नेप्से  दोहोरो अंकले वृद्धि

    काठमाडौं : तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ ।  बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको छ। बुधबार  नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ।

    यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ पुगेको छ। यो रकम गत पाँच महिना यताकै उच्च हो।

    यसअघि गत २०७९ पुस २८ गते ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि बुधबारको बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो। यस दिन २७५ वटा धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको हो। बुधबार खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४५ रुपैयाँ ४० पैसा पुगेको छ।

     यस्तै, सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। यसैगरी, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १५ हजार ८२० रुपैयाँमा झरेको छ। यस्तै, मोलुङ हाइड्रोपावरको सेयर मूल्य ५.०४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३५ रुपैयाँ ५० पैसामा सीमित भएको छ।

    बुधबार पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२५ रुपैयाँमा २८ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६५ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ।

    उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २९० रुपैयाँमा २४ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ