२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: नेप्से ७.७९ अंकले बढ्यो

images

सत्कार खबर
  • २०८० जेठ २९, सोमबार
  • 1.4K
    SHARES
  • सेयर बजार: नेप्से ७.७९ अंकले बढ्यो


    काठमाडौं :-सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढेको छ। आज नेप्से ०.३९ प्रतिशतले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
    गत कारोबार दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा सीमित भएको छ। यस दिन २८५ वटा धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेको छ।  भूगोल इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत र सिटी होटल र चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९८ प्रतिशतका दरले वृद्धि भएको छ। यसैगरी, प्रभु स्मार्ट फण्डको इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६६ पैसामा झरेको छ।

    यस्तै, सगरमाथा जलविद्युतको सेयर मूल्य ३.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८८ रुपैयाँ ३० पैसामा सीमित भएको छ।सोमबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३७५ रुपैयाँ ३० पैसामा १५ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८.४७ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ।

    उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ४५ रुपैयाँमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १०.७८ प्रतिशतले बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ