२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ऋण तिर्न बजेट खर्च गर्नु परेकाले पूँजीगत खर्च घट्यो :अर्थमन्त्री डा. महत

images

सत्कार खबर
  • २०८० जेठ २९, सोमबार
  • 691
    SHARES
  • ऋण तिर्न बजेट खर्च गर्नु परेकाले पूँजीगत खर्च घट्यो :अर्थमन्त्री डा. महत

     काठमाडौं :अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्न बजेट धेरै खर्च गर्नु परेका कारण पूँजीगत खर्च घटेको बताउनु भएको छ । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उहाँले यस्तो बताउनु भएको हो ।

    ऋण ब्याज तिर्ने दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको भन्दै उहाँले ऋणको दायित्व बढ्दा यो अवस्था आएको बताउनु भयो । यद्यपि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण र बाह्य दुवै ऋण कम लिने योजना बनाएको उहाँको तर्क छ ।

    आन्तरिक ऋण जीडीपीको ५ प्रतिशत भन्दा बढाउन नमिल्ने भन्दै उहाँले पूँजीगत खर्च लक्ष्य अनुसार गर्न प्रयास गर्ने  बताउनु भयो । त्यसका लागि कार्ययोजना बनाएको समेत उहाँको तर्क छ  ।

    राजस्व बढाउन कागती निचोरेजस्तो नगरी सबैले कर तिर्ने वातावरण बनाएर संकलन गरिने उहाँले बताउनु भयो । बजेटको आकार एकातर्फ ठूलो भयो भन्ने र अर्कोतर्फ बजेट पुगेन भन्दै माग्ने प्रवृत्तितर्फ उहाँले व्यंग्य गर्नु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ