२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

images

सत्कार खबर
  • २०८० जेठ २६, शुक्रबार
  • 1.1K
    SHARES
  • गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

     काठमाडौं:-  गभर्नर महाप्रसाद अधिकारी र विश्व  बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच   भेटवार्ता भएको छ ।  शुक्रबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर बीच भेटवार्ता भएको हो ।

    नेपाल राष्ट्र बैंकले कुसलता पुर्वक नीति तर्जुमा तथा कार्यान्वयन गरेकाले बाह्य क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सकेको विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरले बताउनु भयो ।  भेटमा रेजरले केन्द्रीय बैंकको प्रसंशा गर्नु भएको छ । भेटवार्तामा नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

    भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराएका थिए ।

    उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको बताउनु भयो । नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उहाँको छ ।

    भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा.  नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै  बैंकका उच्च अधिकारीहरू उपस्थित थिए । यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री  डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स  म्यानेजर लादा स्टे«लकोभा, अन्तर्राष्ट्रिय वित्त  निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख  फायलगायतका अधिकारीको उपस्थिति थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ