काठमाडौं:-अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताउनु भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आमनागरिकलाई लाभ पुग्नुपर्ने बताउनु भयो ।सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुनु हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उहाँले भन्नु भयो, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाका लागि पहलकदमी हुने उहाँको भनाई छ ।
सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उहाँले बताउनु भयो । ।सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उहाँका्े भनाई छ ।
वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउन सके लगानीको क्षेत्र पनि बढ्छ उहाँले भन्नु भयो, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ । उहाँले धितोपत्र बोर्डले नियमनलाई जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने बताउनु भयो ।
१५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको उहाँको दाबी छ ।
आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उहाँले भन्नु भयो , ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए । अर्थमन्त्री महतले सरकारबाट सेयर बजारप्रतिको विश्वास कम गराउने काम नहुने प्रतिबद्धता जनाउनु भएको छ ।



