२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शरणार्थी प्रकरण:अभियुक्तका पक्षबाट आजदेखि बहस हुने

images

सत्कार खबर
  • २०८० जेठ २४, बुधबार
  • 691
    SHARES
  • शरणार्थी प्रकरण:अभियुक्तका पक्षबाट आजदेखि बहस हुने

    काठमाडौं : नक्कली शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा आज (बुधबार) देखि प्रतिवादी (अभियुक्त) तर्फका वकिलहरूले बहस गर्दै छन्। हिजो मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्न लागेका हुन । सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष देखी पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

    यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

    गत आइतबार देखी जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राख्दै आएका छन् ।

    सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ