२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार : नेप्सेमा २५.६६ अंकको वृद्धि

images

सत्कार खबर
  • २०८० जेठ २३, मंगलबार
  • 521
    SHARES
  • सेयर बजार : नेप्सेमा २५.६६ अंकको वृद्धि

     काठमाडौं :सेयर बजार परिसूचक नेप्से १.३५ प्रतिशतले बढेको छ  । मंगलबार बजार परिसूचक नेप्से २५.६६ अंकको बढ्दा १९२७.६५ अंकको बिन्दुमा बन्द भएको छ ।

    गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो ।

    मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।

    नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ । मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ