२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

‘एशियाली बीमा सम्मेलन’ काठमाडौंमा हुदैँ

images

सत्कार खबर
  • २०८० जेठ २३, मंगलबार
  • 1.2K
    SHARES
  • ‘एशियाली बीमा सम्मेलन’ काठमाडौंमा  हुदैँ

     काठमाडौं: बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म  उक्त सम्मेलन हुन लागेको हो ।

    सम्मेलनमा बीमा क्षेत्रको उदयीमान चुनौतीहरुको समाधान सम्बन्धमा विज्ञहरुबीच छलफल र अनुभव आदान प्रदान हुने बताइएको छ ।  प्राधिकरणले एशियाली विकास बैंक (एडिबी), एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ, इन्टरनेशनल एशोशिएसन अफ इन्स्योरेन्स सुपरभाइजरको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

     सम्मेलनका माध्यमबाट नेपालको बीमा नियामक र बीमकहरुले अन्तर्राष्ट्रिय रुपमा नेपालको बीमा नियमन र बीमा व्यवसाय सम्बन्धमा जानकारी प्रवाह गर्ने अवसर समेत प्राप्त गर्नेछन् । तीन दिने सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ