काठमाडौ:आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार गरिएको जनाएको छ ।
यस्तै मंगलबार तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।
यता मंगलबार चाँदीको भाउ १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा सुनको भाउ ५ रुपैयाँले बढेको हो । हिजो चाँदी १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको थियो ।



