२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार:१७ अंकले घट्यो नेप्से

images

  • २०८० जेठ २२, सोमबार
  • 1.4K
    SHARES
  • सेयर बजार:१७ अंकले घट्यो नेप्से

    काठमाडौं :सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १.६७ प्रतिशत, अन्य उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ ।

    आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ । ३६ हजार ५६८ वटा कारोबारमा ५६ लाख २० हजार ३८१ कित्ता सूचीकृत धितोपत्र किनचेब हुँदा उक्त रकमको कारोबार भएको हो ।

    जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १९ करोड ९० लाखको कारोबार हुँदा आईएमई जनरल इन्स्योरेन्सको ९ करोड ८४ लाख र चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाखको कारोबार भएको छ । नेप्सेमा सोमबार कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४६ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    सोमबार कारोबार भएकामध्ये रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ५.८८ प्रतिशतले वृद्धि हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ५.२२ प्रतिशत र बीपीडब्ल्यूको लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ