२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

images

  • २०८० जेठ २१, आइतबार
  • 1.0K
    SHARES
  • सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

    काठमाडौं :- आइतबार सुनको भाउ १७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो ।  गत शुक्रबार ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज भने १७ सय रुपैयाँले घटेको हो ।

    आज छापावाला सुनको भाउ १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ १ लाख १३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । सुनको भाउ गत जेठ १५ गतेदेखि लगातार बढेको हो ।

    जेठ १५ गते १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ लगातार ५ दिन वृद्धि भएको महासंघले जनाएको छ । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएपछि सुनको भाउमा वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।

    शुक्रबार तेजावी सुन १ लाख १२ हजार ७५० रुपैयाँ निर्धारण गरिएको थियो । यता चाँदीको भाउ पनि हिजो शुक्रबारको तुलनामा २० रुपैयाँले घटेर आइतबारका लागि १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको छ । शनिबार  चाँदी १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ