काठमाडौं :अर्थमन्त्री डा .प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये २५ संस्थान नाफामा र बाँकी १९ संस्थान घाटामा सञ्चालन चलिरहेको बताउनु भएको छ ।अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो बताउनु भएको छ ।
सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको उहाँको भनाई छ ।
चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेको छ । जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’ सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको उहाँले जानकारी दिनु भयो ।



