२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

images

सत्कार खबर
  • २०८० जेठ १२, शुक्रबार
  • 1.5K
    SHARES
  • राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार २९ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १२ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १२ गते, १८२ दिन अवधिको मंसिर १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ ।

    यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ