२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कति छ आज सुनको मूल्य ?

images

सत्कार खबर
  • २०८० जेठ ११, बिहीबार
  • 896
    SHARES
  • कति छ आज सुनको मूल्य ?

    काठमाडौं : नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ