काठमाडौं : यसपटक कोरियन भाषा परीक्षा (इपीएस)का लागि १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। शुक्रबार राति १२ बजेसम्म १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिनु भयो।
अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था ३ वर्ष अघिदेखि मात्रै सुरू भएको थियो। गत पुस २ गतेदेखि अनलाइन फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बनाउनु भयो। गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सुवेदीले जानकारी दिनु भयो।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ। दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादन मूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।



