२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार : नेप्से सामान्य अंकले बृद्धि

images

सत्कार खबर
  • २०८० जेठ ८, सोमबार
  • 1.3K
    SHARES
  • सेयर बजार :  नेप्से सामान्य अंकले बृद्धि

    काठमाडौं  : लगातार पाँचौ कारोबार दिन पनि नेप्से बढेको छ । आज सेयर बजार (नेप्से) ८.१० अंकले बढेको हो । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो ।

    यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

    नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ ।

    Capture.JPG
    undefined

    शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।

    परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन् । यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ