२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
एसीसी यू-१९ एसिया कप क्रिकेट

यू-१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल

images

  • २०८० मंसिर २६, मंगलबार
  • 821
    SHARES
  • यू-१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल

    काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ। एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ। खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

    गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ। तर नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो। नेपालले भने आफ्ना सुरुवातका दुवै खेल हारेको छ। पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।

    भारतले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसैले नेपाल आज जित दर्ता गर्ने लक्ष्यमा हुनेछ। सेमिफाइनल पुग्ने लक्ष्य राखे पनि नेपालले सुरुवातका दुवै खेल हारेको थियो। आजै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ