२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिग : जितसँगै शीर्षस्थानमा फर्कियो लिभरपुल

images

  • २०८० मंसिर २४, आइतबार
  • 1.1K
    SHARES
  • इङ्लिस प्रिमियर लिग : जितसँगै शीर्षस्थानमा फर्कियो लिभरपुल

    एजेन्सी : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो। जितसँगै ३७ अंक जोडेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

    मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए। सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन्। क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। 

    जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। शीर्षस्थानको लिभरपुलको १६ खेलबाट ३७ अंक छ। प्यालेस १६ अंकका साथ १५ औं स्थानमा छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ