मङ्सिर ७, धनकुटा : धनकुटाको निगालेमा एकै परिवारका 3 जना घरभित्रै मृत फेला परेका छन्। मृत्यु हुनेमा धनकुटा नगरपालिका-१ का टिका गुरुङ्ग, श्रीमती भीमा गुरुङ्ग र छोरा आयुष गुरुङ्ग भएको प्रहरीले जानकारी दिनुभयो।
टिका घरभित्रै झुन्डिएको अवस्थामा छन् भने उनकी श्रीमती र छोरा सुतिरहेकै अवस्थामा मृत फेला परेको धनकुटाका प्रहरीले जानकारी दिनुभयो। घरायासी वादविवादका कारण टीकाले श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो। प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ। मृत्युको कारण खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिएको प्रहरीले जानकारी दिनुभयो।



