काठमाडौं: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।



