२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त

images

  • २०८३ असोज १९, सोमबार
  • 241
    SHARES
  • नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त

    काठमाडौँ : नेपाल फार्मेसी परिषद्को सदस्यमा ४ जना नियुक्त भएका छन् जसमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

    मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्त्री मेहताले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको फार्मेसी शिक्षा र सेवाको सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। 

    फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्‌मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ